इतिहास र समाज कसरी जोडिन्छ ?

काठमाडौं–इतिहास र समाज कसरी जोडिएको छ ? भन्ने बिषयमा  आज एक दिने सेमिनार सम्पन्न भएको छ । काठमाडौ त्रिभुवन युनिर्भ्सिटीका प्राध्यापक चैतन्य मिश्रको अध्यक्षतामा सेमिनार त्रिभूवन युनिर्भ्सिटीमा सम्पन्न भएको हो । सामाजिक बिज्ञान प्रतिस्ठान, नेपाल–एसिया अध्यन केन्द्र, समाजशास्त्रको केन्द्रिय बिभाग र इतिहास बिषय केन्द्रिय बिभागको आयोजनामा गरेको थियो । 
‘इतिहास भनेकै समाजको इतिहास हो ।’ समाजशास्त्रका  सह–प्राध्यापक डा. टीकाराम गौतमले भन्नुभयोे–‘समाजको बिभिन्न चरणको बिकाससंग मानव विकासको मानबिय अन्तरक्रिया र अन्तर सम्बन्धको इतिहास जोडिएको हुन्छ । इतिहास र समाजको अन्योन्यनश्रीत सम्बन्ध जोडिएको हुन्छ ।’
उक्त सेमिनरमा मानविकी तथा सामाजिक शास्त्र संकायका डीन, मानविकी तथा सामाजिक शास्त्र संकायका  साहायक डीन र त्रिभुवन युनिर्भ्सिटीका प्राध्यापक प्राध्यापक  मिश्रले  प्रमुख आतिथ्य ग्रहण गर्नु भएको थियो ।
उक्त कार्यक्रममा प्राध्यापक मिश्रले इतिहासको समग्र बुझाईको बारेमा छलफल गर्नु भएको थियो भने  नेवारी समाज बौद्धिक इतिहासको बारेमा  शंकर थापाले छलफल गर्नु भएको थियो । यसैगरी प्राध्यापक नारद भारद्धाजले १९९० पछिको जनजाति आन्दोलनको इतिहास र सुरेस केसीले इतिहासको बुझाई र स्नाकोत्तर तहको पाठ्यक्रम को बिषयलाई लिएर छलफल गर्नु भएको थियो ।
यस गोष्ठीमा विदेशी प्राध्यापक डेभिड सेडान पनि सहभागी हुनु भएको थियो ।उहाँले पनि समाज बुभ्न इतिहासको महत्व रहेको र मौखिक इतिहास बुभ्न नयाँ प्रबिधी अडियो भिजुअल रेर्कड पनि उपयोग गर्नु पर्ने जानकारी गराउनुभयो । यस गोष्ठीमा महिला प्राध्यापक सन्ध्या वस्नेत, प्रधाध्यपाक समीरा लुइटेल र प्राधाध्यपक विन्दु पाख्रेलले समाज वुभ्न इतिहासको महत्व रहेको बताउनु भएको छ ।
स्रोत :  http://www.arthasansar.com/news/3000

Choose Article Catagories

Latest News and Updates

2017

काठमाडौं–इतिहास र समाज कसरी जोडिएको छ ?

2017
Sociology 2nd Semester EXAM routine has been published.
2017

Prof. David Seddon's talk remained insightful! Thank you those who participated.

2017

Indu Pant giving a talk on child marriage practices in Nepal, this afternoon (December 6, 2016) at CDS. A very good presentation. Well appreciated, and thank you!!

2017
Congratulations to Avash Bhandari, recipient of the Gopal Singh Nepali Memorial Research Award-2016 for his MA thesis 'Hindu School in a Secular State: Interpreting Secularism in Nepal Ved Vidhyashram'.